प्राविधिक समस्या समाधानपछि पठाओकाे सबै सेवा सुरु

 चैत ११, २०७७ बुधबार १६:१२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मङ्गलवार दिउँसोदेखि बन्द भएको पठाओकाे सेवा २४ घण्टापछि बुधवार दिउँसोदेखि सुरु भएकाे छ । मङ्गलवार पठाओ नेपाल प्रालीले प्राविधिक कारण सेवा बन्द भएको बताएको थियो ।

सेवा फेरि सुरु भएसँगै बाइक, ट्याक्सी र फुड डेलिभरी सेवा सञ्चालनमा आएको पठाओ नेपाल प्रालीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले बताउनुभयो । 

पठाओको सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफलअनुसार राइडको सहज परिस्थिति बनाउन तत्कालका लागि पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन भएकाले सम्पूर्ण राइडर साथीहरूलाई राइड लिँदा पठाओको लोगो अङ्कित कपडा प्रयोग नगर्न अनुरोध गरेको बस्न्यातले बताउनुभयो । 

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड शेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो । सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया