अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
बाँके - भारतका विभिन्न सहरमा कोरोना सङ्क्रमण बढेपछि बाँकेमा पनि उच्च सतर्कता अपनाइएको छ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेको बुधवार बसेको बैठकले जमुनाह नाकामा उच्च सावधानी अपनाउने तथा जिल्लाभरि अन्य पूर्व तयारी गर्ने निर्णय गरेको छ । बैठकले स्वास्थ्य उपचार तथा अन्य अत्यावश्यक कामबाहेक सामान्य किनमेलका लागि सीमापारि हुने आवतजावतमा रोक लगाउने निर्णय गरेको हाे ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार सीमानाकाबाट आउनेहरुको आवागमनलाई व्यवस्थित गरेर दैनिक अभिलेख राखिने भएकाे छ । साथै उहाँले स्वास्थ्य डेस्कमा नेपाल प्रवेश गर्ने सबै नागरिकहरुको अनिवार्य स्वास्थ्य परीक्षण गरिने बताउनु भएकाे छ।
लक्षण भएका नागरिकहरुको एन्टिजेन परीक्षण गरिने तथा सामान्य अवस्थाका व्यक्तिलाई कम्तीमा १० दिन स्वास्थ्यका मापदण्ड पूरा गरी घरमै क्वरेण्टीनमा बस्ने गरी पठाउने तयारी गरिएकाे छ। यस्तै गम्भिर प्रकृतिकालाई भेरी अस्पतालमा पठाइने भएको छ ।
होली पर्वमा भीडभाड नगर्न, जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै बैठकले अत्यावश्यक बाहेककासभा सम्मेलन, भेला आयोजना नगर्ने निर्णय समेत गरेको छ । कोभिडको सङ्क्रमणको सम्भावनालाई मध्यनजर गर्दै बैठकले विगतमा सञ्चालनमा आएका क्वरेण्टीन र आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।
सार्वजनिक निकाय, शिक्षण संस्था तथा व्यावसायिक फर्महरुमा अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गराउने निर्णय गरिएको छ । हरेक व्यक्तिलाई घरबाट बाहिर निस्कदा सार्वजनिक स्थलहरुमा जाँदा अनिवार्य रुपमा मास्क लगाउन र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।