अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – यती एअरलाइन्सले काठमाण्डाै–बनारस–काठमाण्डाैकाे बिहीवार परीक्षण उडान सम्पन्न गरेको छ ।
दक्षिण–पूर्वी एसिया र दक्षिण एसियाका देशमा चार्टड/नन् सेड्युल फ्लाइट गर्ने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरणमा केही महिनाअघि यतीले निवेदन दिएसँगै अन्तर्राष्ट्रिय उडानका लागि प्राधिकरणबाट गरिएको चरणबद्ध प्रक्रियाअन्तर्गत उडान गरिएको यती एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।
यससँगै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यतीले अन्तर्राष्ट्रिय उडानका लागि प्राप्त गर्ने अनुमति अन्तिम चरणमा पुगेको छ । बिहीवारकाे उडानको प्रतिवेदनसँगै केही दिनभित्र यती एअरलाइन्सले अन्तर्राष्ट्रिय उडानको 'एओसी' प्राप्त गर्नेछ ।
यो परीक्षण उडान एअरलाइन्सका वरिष्ठ चालक रमोदकुमार श्रेष्ठ तथा प्रमोद पौडेलसहितको उडान दलले गरेका थिए । 9N-AMN कल साइन भएको एटिआर–७२ विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डाैबाट बुधवार बिहान १०ः०७ बजे लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय हवाई अड्डा वाराणसी, भारतका लागि उडान भरेर बेलुका ५ः४८ मा फेरि काठमाण्डाै अवतरण गरेको थियो ।
यस परीक्षण उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरण तथा एअरलाइन्सका अधिकारीहरूकाे सहभागिता रहेको प्रवक्ता बर्तौलाले जानकारी दिनुभयो । उहाँले नयाँ बन्ने क्षेत्रीय विमानस्थललाई नजिकका अन्तर्राष्ट्रिय गन्तव्यलाई जोड्न र धार्मिक पर्यटनलाई भित्र्याउने उद्देश्यका साथ अन्तर्राष्ट्रिय उडान भर्न लागेको बताउनुभयो ।
सन् २०२१ भित्रै दुई वटा एटीआर–७२ वायु यान थप्ने योजना बनाएको यति एअरलाइन्सले अहिले एटिआर–७२ र जेटस्ट्रिम वायु यानमार्फत विभिन्न आन्तरिक गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।