अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै - सरकारले पशुपक्षीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरमा भएको एक कार्यक्रममा नेपाल पशुपक्षी तथा मत्स्य क्षेत्रको उत्पादनमा आत्मनिर्भर भएको घोषणा गर्नुभएको हो ।
विश्व खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार नेपाललाई पशुजन्य उत्पादनमा आत्मनिर्भर घोषणा गरिएको कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डाक्टर प्रेम नारायण कँडेले जानकारी दिनुभयो ।
विश्व खाद्य संगठनको मापदण्ड अनुसार प्रतिव्यक्ति प्रतिवर्ष ४८ वटा अण्डा उत्पादन हुनुपर्नेमा नेपालमा ५५ वटा उत्पादन हुने गरेको छ । यस्तै प्रतिव्यक्ति १४ किलो मासु, उत्पादन हुनुपर्नेमा २२ किलो उत्पादन रहेको छ । यस्तै वार्षिक प्रतिव्यक्ति ७९ लिटर दूध उत्पादन हुने गरेको छ ।
किसानप्रति सरकारको प्रभावकारी नीति र कार्यान्वयन, निजी क्षेत्रलाई लगानी गर्ने सहज वातावरण, किसानहरुमा पेशाप्रतिको आकर्षण जस्ता कारणले नेपाल आत्मनिर्भर बनेको उहाँले बताउनुभयो । कृषि मन्त्रालयले कृषि क्षेत्रको सबै उत्पादनमा दुई वर्षभित्र आत्मनिर्भर बन्ने र ५ वर्षभित्र निर्यात गर्ने रणनीति बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।