अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
चितवन – चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सीएमसी) ले पहिलो पटक कलेजो प्रत्यारोपण गरेको छ । याेसँगै काठमाण्डाै उपत्यकाबाहिर कलेजाे प्रत्याराेपण गर्ने सीएमसी पहिलाे भएकाे डाक्टरले बताएका छन् ।
भरतपुर महानगरपालिका १० घर भइ काठमाण्डाै बस्दै आउनुभएकी ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको चितवन मेडिकल कलेजका अध्यक्ष डाक्टर हरिशचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
लामालाई उहाँकी ३४ वर्षीया छोरी उषाले कलेजो दिनुभएको हो । चैत ८ गते झण्डै १२ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको न्यौपानेले बताउनुभयो । अहिले आमाछोरीको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।
कलेजो प्रत्यारोपणका लागि कलेजमा चार जना सर्जन, तीन जना क्रिटिकल केयर, तीन जना एनेस्थेसियोलोजिस्ट, १० जना विशेष तालिम प्राप्त नर्स छन् । चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण गराउने धनकुमारी लामा नेपालमा आठौँ बिरामी हुनुहुन्छ । यसअगाडि त्रिवि शिक्षण अस्पताल काठमाण्डौमा पाँच र मानव अङ्ग प्रत्यारोपण केन्द्रमा दुई जनाको कलेजो प्रत्यारोपण गरिसकिएको छ ।
कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्राध्यापक डाक्टर हरिशचन्द्र न्यौपानेका अनुसार कलेजो प्रत्यारोपणका लागि अलग्गै अप्रेशन कक्ष र आईसीयू तयार गरिएको छ । अहिले कलेजो प्रत्यारोपणका लागि २५ लाख रुपैयाँ खर्च लाग्ने डा. न्यौपानेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।