अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
महाेत्तरी – महोत्तरीमा एक महिना अगाडि सुतेको खाटसहित बेपत्ता भएका झा दम्पतीकाे शव भेटिएकाे छ । पिपरा गाउँपालिका ५ का मुसाफिर झा र उहाँकी पत्नी गीतादेवीको महोत्तरीको पिपरा गाउँपालिका २ मा गाडिएको अवस्थामा शव भेटिएकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
फेला परेको शव हराइरहेका झा दम्पतीकै भएको प्रहरीले पुष्टि गरेको छ । शव पाँच फिट तल गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । झा दम्पतीकाे हत्या वा अपहरण भएकोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि दम्पतीकाे अपहरण गरेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । पिपरा गाउँपालिका–५ सहोडवा बस्ने ५२ बर्षीय रामबाबु यादव, उनका छोराहरू २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव र पिपरा– ६ बस्ने भारतीय नागरिक ५० वर्षीय हरेन्द्र ठाकुर पक्राउ परेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।