अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – नबिल बैंकको ‘हिरोज अफ नेपाल’ मा शेफ सन्तोष साह सम्मानित हुनुभएको छ । बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन सफल नेपालीलाई सम्मान गर्ने अभियानअन्तर्गत साहलाई सम्मान गरेको हो ।
बैंकले बिहीवार काठमाण्डाैमा एक कार्यक्रम आयोजना गरी साहलाई सम्मान गरेको हो । शेफ सन्तोष साहले बेलायतको मास्टर शेफ कार्यक्रममा नेपाली परिकारहरूलाई विश्व सामु चिनाउनुभएको थियो ।
सम्मान कार्यक्रममा शेफ साहले आफ्ना अनुभव र जीवनका उपलब्धिहरू बताउनुभएको थियो । बैंकले शेफ साहको गृहनगरमा ई–पुस्तकालय निर्माण गर्ने र पाँच जना महिला विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणासमेत गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।