अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरणको जवाफसहित प्रतिप्रश्न गर्नुभएकाे छ । अध्यक्ष ओलीको निर्देशनमा पार्टी कार्यालयले पठाएको स्पष्टीकरणको जवाफमा वरिष्ठ नेपाल माधवकुमार नेपालले ओलीमा अहङ्कार भरिँदै गएको र पहिले नेकपा तथा अहिले एमाले फुटाउन लागिपरेको आरोप लगाउनुभएको छ ।
देशको संविधान नै मिच्ने ओलीलाई पार्टीका विधान मिच्नु सामान्य जस्तै भएको आरोप लगाउँदै नेता नेपालले नवौँ महाधिवेशनबाट निर्वाचित भइ आएका पदाधिकारी हटाएर मनलाग्दी नयाँ केन्द्रीय सदस्य थप्ने अधिकार कहाँबाट पाउनुभयो ? भनेर सोध्नुभएको छ ।
आफूलाई ओलीले प्रचण्डको मतियार बनेको भन्दै स्पष्टीकरण सोधिएपछि नेता नेपालले प्रधानमन्त्री ओलीलाई नै प्रचण्डको मतियार किन नभन्ने ? भनेर प्रश्न गर्नुभएको छ ।
नेपालले सोध्नुभएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधान र नीति विपरीत तपाईँले त्यस प्रकार अनधिकृत गतिविधि गरेकोमा त्यस्ता गलत कार्यलाई रोक्न पार्टीमा संस्थागत रूपमा भएका काम र तपाईँ स्वयंको हस्ताक्षरमा कार्यकारी अधिकार प्राप्त अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत संलग्न कार्यक्रममा मेरो सहभागितालाई कसैको ‘मतियार’ भएको देख्नु तपाईँको व्यक्तिवादको अभिव्यक्ति मात्र हो भनी किन नभन्ने ? यदि तपाईँको जस्तो दृष्टिकोण राख्ने हो भने पार्टी एकताको पूर्व सन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा तपाईँले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाईँ नै उहाँको सबभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिन्न र ? तर यस्तो दृष्टिकोण ममा छैन ।’
नेता नेपालले प्रचण्डले नेकपाको बैठक बोलाउँदा पार्टी फुटाउने धम्की दिएर गएको साउन/भदौतिरै ओलीले पार्टी फुटाउन खोजेको पनि आरोप लगाउनुभएको छ । पार्टीका बैठकमा भएका निर्णय कार्यान्वयन गर्नुको साटो कात्तिक महिनाको सुरुमा भारतीय गुप्तचर संस्थाका प्रमुखलाई रातारात बालुवाटारमा भेटेकोमा पनि नेता नेपालले आपत्ति जनाउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।