कृषि परियाेजनाका पकेट क्षेत्र कार्यक्रम 'व्यक्तिका पकेट क्षेत्र' नबनाेस् : मन्त्री अर्याल

 चैत १२, २०७७ बिहीबार १९:८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनमार्फत लागू भएका पकेट क्षेत्र कार्यक्रम व्यक्तिका पकेट क्षेत्र नबनोस् भन्नेमा जोड दिनुभएकाे छ । 

बिहीवार ललितपुरमा आयोजना गरिएको पशुजन्य उत्पादनमा आत्मनिर्भरता घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले एकीकृत कृषि शिक्षा, विषमुक्त खानेकुरा र अनिकालमुक्त परिवार सरकारका प्राथमिक क्षेत्र रहेको बताउनुभयो । पशुपक्षी सचिव डाक्टर पेम नारायण कँडेल र कृषि सचिव डा। योगेन्द्रकुमार कार्कीले कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र बजारीकरणबाट मात्र दिगो कृषि विकास हासिल हुनेमा जोड दिनुभयो । 

कार्यक्रममा उहाँले कृषि उत्पादनमा वृद्धि भएको बताउनुभयाे ।  परम्परागत कृषि प्रणाली परिवर्तन हुँदै व्यावसायिकतातर्फ उन्मुख भएको उहाँकाे भनाइ छ । निकट भविष्यमा दूध र माछामा पनि आत्मनिर्भर भएको घोषणा गरिने पनि मन्त्री अर्यालले बताउनुभयो । आउँदाे पाँच वर्षमा कृषि र पशुपक्षीको क्षेत्रमा निर्यात गर्ने गरी पञ्चवर्षीय योजना बनाउने उहाँकाे भनाइ छ । 

मन्त्री अर्यालले आउँदा आर्थिक वर्षदेखि विद्यालय तहदेखि नै विद्यार्थीलाई कृषिमा आकर्षित गर्ने उद्देश्यका साथ विद्यालयमा कृषि प्रयोगशाला निर्माण गर्ने पनि बताउनुभयो ।

मन्त्रालयले कृषिको क्षेत्रमा चलाएका विभिन्न कार्यक्रमको पुनरवलोकन गरिने मन्त्री अर्यालकाे भनाइ छ । आउँदा दिनमा परम्परावादी र खुद्रे खालका कार्यक्रम नराखी उत्पादन बढाउने खालका कार्यक्रम राखिने पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया