अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डौ - फागु पर्वमा भीडभाड हुन नदिन कडाइ गरिने भएको छ ।
काठमाण्डौ उपत्यकासहित देशका मुख्य सहर बजारमा प्रहरीको संख्या बढाएर भीडभाडलाई रोक्ने तयारी भएको गृह मन्त्रालयले जनाएको छ ।
यसअघि गृह मन्त्रालयले सार्वजनिक ठाउँमा भीड गरेर पर्व तथा उत्सव नमनाउन र घरका सदस्यसँग मात्रै सीमित राखेर पर्व मनाउन आग्रह गरिसकेको छ । फागु पर्वमा भीड हुन नदिन काठमाण्डौ उपत्यकामा थप प्रहरी परिचालन गरिने भएको छ । चोकचोकमा प्रहरीलाई खटाइने छ ।
उपत्यका बाहिर भने स्थानीय पालिकासँग समन्वय गरेर भीडभाडलाई रोक्ने तयारी भएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताउनुभयो । फागुमा भीडभाड गरेको पाइए कारबाही हुने पनि गृहमन्त्रालयले स्पष्ट पारेको छ ।
कोरोना भाइरसको जोखिम फेरि बढेकाले सरकारले जनस्वास्थ्यका मापदण्डलाई पालना गर्न आग्रह गर्दै आएको छ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा पर्सि आइतवार र तराईका जिल्लामा सोमवार फागु पर्व अर्थात मनाइँदै छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।