दक्षिणकाली मन्दिर परिसरमा क्यूआरकोड भुक्तानी प्रणाली सुरु

 चैत १३, २०७७ शुक्रबार १०:२८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको दक्षिणकाली मन्दिर परिसरमा क्यूआर भुक्तानी सेवा सुरु गरिएको छ ।

सनराइज बैंक मार्फत उपभोक्ता तथा भक्तजनले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेशन वा मोबाइल वालेटमार्फत सजिलै दक्षिणकाली मन्दिर परिसरमा रहेका पसलमा पूजा सामग्री, चिया नास्ता तथा अन्य सामग्रीको खरीद रकमको भुक्तानी गर्न सक्नेछन् ।

ग्राहकको सहजताका लागि बैंकले मन्दिर परिसरमा निःशुल्क वाइफाई सुविधासमेत उपलब्ध गराएको छ । ग्राहकले दक्षिणकाली मन्दिर परिसरमा रहेका अधिकांश पसलमा क्यूआर कोडबाट क्यूआर पेमेन्ट सुविधा लिनसक्ने बैंकले जनाएको छ ।

सनराइज बैंक र दक्षिणकाली क्षेत्र विकास समितिको सहकार्यमा मन्दिर परिसरमा क्यूआर कोडमार्फत भुक्तानी कारोबारको सुरुआत गरिएको हो । नगद तथा कार्ड प्रयोगको विकल्पमा क्यूआर कोड भुक्तानी अझै छिटो, झन्झटमुक्त हुनुका साथै कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो समय उपभोक्ता यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् ।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि सनराइज बैंकले क्यूआर कोड भुक्तानी सेवा अझै प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको बैंकले जनाएको छ । 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया