कांग्रेस नेता जोशीलाई अन्तिम श्रद्धाञ्जली दिइँदै

 चैत १४, २०७७ शनिबार ७:३९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ ।

नेता नवीन्द्रराज जोशीको निधन भएपछि कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक बिहान ९ बजेका लागि बोलाएको हो ।

बैठक केन्द्रीय कार्यालय सानेपामा डाकिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

यसैबीच, नेता जोशीको पार्थिव शरीरलाई बिहान ९ बजेदेखि ११ बजेसम्म उहाँकै निवास वसन्तपुरको याट्खा टोलमा राखिने भएको छ । त्यसपछि १२ बजेदेखि दिउँसो २ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिने प्रवक्ता शर्माले बताउनुभयो ।

मष्तिष्कघात भइ काठमाण्डौको नर्भिक अस्पतालमा उपचाररत जोशीको हिजो बेलुका निधन भएको हो । भेन्टिलेटरको सहयोगमा उपचाररत जोशीको हिजो बिहानदेखि नै मुटुले काम गर्न छाडेको थियो । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका जोशी पूर्वमन्त्रीसमेत हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया