विभिन्न कार्यक्रम गरेर आज विश्व नेवाः दिवस मनाइँदै

 चैत १४, २०७७ शनिबार ७:५६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विभिन्न कार्यक्रम गरेर आज विश्व नेवाः दिवस मनाइँदै छ । हरेक वर्षको मार्च महिनाको अन्तिम शनिवारलाई ‘विश्व नेवाः दिवस’ को रुपमा मनाइँदै आएको छ ।

यो दिवस सन् २०१८ बाट मनाउन सुरु गरिएको हो । आज वर्ल्ड नेवाः अर्गनाइजेशनले काठमाण्डौमा विशेष कार्यक्रम गर्दैछ भने विश्वभर रहेका नेवाः समुदायले विभिन्न कार्यक्रम गर्दैछ ।

दिवसको अवसरमा आज काठमाण्डौको वसन्तपुरमा कार्यक्रम हुँदैछ । कार्यक्रममा नेवाः समाज र नेपाल भाषाको विकासमा उल्लेख्य योगदान दिने आठ जनालाई सम्मान गरिने भएको छ ।

सन् २०१८ मा विश्व नेवाः दिवसको अवसरमा विश्वका २२ देशहरूमा विभिन्न कार्यक्रम गरेर मनाइएको थियो । यो वर्ष पनि नेपाल, अमेरिका, क्यानाडा, बेलायत, हङकङ, अष्ट्रेलिया, यूएई, पोर्चुगललगायत देशमा यो दिवस मनाउन लागिएको छ ।

दिवसको अवसरमा अहिले केहीबेरमा नेवाः समुदायका मानिसहरूले सांस्कृतिक र्याली निकाल्दै छ । यो र्याली राष्ट्रिय सभागृहमा पुगेर विश्व नेवा सम्मेलनमा टुङ्गिने विश्व नेवाः संगठन नेपाल (च्याप्टर)ले जनाएको छ । 

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया