अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – आज (आइतवार) फागुन शुक्ल पूर्णिमा अर्थात् रङहरूको पर्व होली मनाइँदैछ । आज हिमाली र पहाडी जिल्लामा होली मनाइँदै छ । तराईका जिल्लामा भने सोमबार मात्रै होली मनाइन्छ ।
हिमाल, पहाड र तराईमा गरी फरक–फरक दिन मनाउने गरिए पनि पर्वको सुरुवात भने होलीको चीर ठड्याइएको दिनदेखि हुन्छ । यस वर्ष काठमाण्डाैकाे वसन्तपुरमा चैत आठ गते चीर ठड्याइएको थियो ।
त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्नका लागि ब्रम्हाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई झिकाइ प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ जलेर भष्म भएको र प्रह्लादकाे भक्तिका कारण आगोले छुन नसकेको कथा होली पर्वसँग जोडिएको र पापी प्रवृत्ति भएकी होलीकाको मृत्यु भएको खुसीयालीमा परापूर्वकालदेखि होली मनाइँदै आएको कथन छ ।
चीर ठड्याइएको ठाउँ वसन्तपुरमा आइतवार दिउँसो पुग्दा सर्वसाधारणले उल्लासका साथ होली खेलिरहेको देखिएको छ । सरकारले कोरोनाको दोस्रो लहर सुरु हुन सक्ने भन्दै भिडभाड नगर्न आग्रह गरे पनि मानिसहरू वसन्तपुर क्षेत्र पुगेर रङ्ग खेलेका थिए ।
धालसिक्व मानन्धर सनाःगु खलका सचिव गजेन्द्रप्रसाद मानन्धरले आज बेलुका नै ठड्याइएको चीरलाई ढालिने बताउनुभयो । चीर ढाल्नका लागि ७ बजेर ३७ मिनेटको साइत निस्किएको पनि उहाँले बताउनुभयो । त्यसपछि गर्जोपल्टनसहितको टोलीले वसन्तपुर–इन्द्रचोक–न्युरोड हुँदै टुँडिखेलसम्म पुर्याएर राति ८ बजेर ५३ मिनेटमा चीरको विधिपूर्वक दाह गरिने पनि सचिव मानन्धरले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।