अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै - काठमाण्डौसहित देशका विभिन्न ठाउँमा लागेको तुवाँलो भोलिदेखि कम हुँदै जाने मौसमविद्ले बताएका छन् ।
भोलिदेखि हावाको गति बढ्ने भएकाले तुवाँलो क्रमशः हट्दै जाने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । तुवाँलो हट्न कि पानी पर्नुपर्ने कि तीव्र गतिमा हावा चल्नुपर्ने हुन्छ ।
भोलि हल्का पानी पर्ने सम्भावनासँगै हावाको गति पनि बढ्न सक्ने भएकाले यही हावाले तुवाँलो हट्दै जाने मौसमविद् अर्यालले बताउनुभयो । केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै चार दिनदेखि नेपाल तथा भारतका केही ठाउँमा लागेको डढेलोको धुवाँले प्रदूषण बढेको छ ।
विशेषगरी प्रदेश- २, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा वायु प्रदूषण देखिएको छ । आज काठमाण्डौ, भक्तपुर र ललितपुरसँगै हेटौँडा, सौराहा, पोखरालगायतका क्षेत्रमा प्रदूषण धेरै छ ।
प्रदूषणका कारण विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका रोगीहरु बढी प्रभावित हुने भएकाले विशेष सावधानी अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।
हवाई उडान प्रभावित
वातावरण प्रदूषणले हवाई उडान समेत प्रभावित भएको छ ।
अस्तिदेखि बढेको प्रदूषणले आन्तरिक तथा बाह्य हवाई उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
प्रदूषण तथा काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा लागेको तुवाँलोले आन्तरिक उडान बढी प्रभावित भएको हाे ।
गएको तीन दिनदेखि केही आन्तरिक उडानहरु रोकिएका छन् भने अन्तर्राष्ट्रिय उडान पनि समय तालिका अनुसार हुन सकेको छैन । आजका लागि ९७ वटा आन्तरिक हवाई उडान रहेकोमा अहिलेसम्म एउटा पनि हुन सकेको छैन ।
हिजो एक सय ९ वटा उडान रहेकोमा ४२ वटा रद्द भएको थियो । त्यस्तै, अस्ति एक सय १४ वटामा ५७ वटा रद्द भएको थियो । अन्तर्राष्ट्रिय उडान भने रद्ध नभए पनि समय तालिका अनुसार हुन नसकेको विमानस्थलले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।