‘ग्याङ फाइट’ पछि हराइरहेकाहरु सम्पर्कमा आए, घाइतेकाे उपचार हुँदै

 चैत १६, २०७७ सोमबार ११:१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दुई जनाको ज्यान जाने गरी बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा भएकाे घटनामा हराइरहेकाहरु सम्पर्कमा आएका छन् ।

बाग्लुङकाे निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले दुई समूहबीच भएको ग्याङ फाइट पछि हराएका केही युवा सम्पर्कमा आएका जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनामा १०, ११ जना घाइते भएका छन् । सामान्य घाइते भएकाहरु उपचारपछि घर फर्किएका छन् भने केही गम्भीर घाइते भएका र उनीहरुको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

फागु खेल्ने क्रममा हिजो दुई समूहबीच झगडा हुँदा निसीखोला गाउँपालिका – ७ का प्रकाश कुँवर र दीपक दमाईको ज्यान गएको थियाे ।  उनीहरुको शव बुर्तिवाङ अस्पतालमा नै राखिएको छ । परिवारले दोषी पहिचान गरी कारबाहीको माग गर्दै शव बुझ्न मानेका छैनन् ।

घटनाको थप अनुसन्धान भइरहेको पौडेलले बताउनुभयो । उहाँका अनुसार हिजो रङ्ग लगाउने विषयमा विवाद भएको बुझिएको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया