बाग्लुङ घटनाका दाेषीलाई पक्राउ गरी कारबाही गर्न कांग्रेसकाे माग

 चैत १६, २०७७ सोमबार १५:०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले बाग्लुङ घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति निकालेर बाग्लुङ, गुल्मी र प्युठानको सिमाना बल्देधुरीमा आइतवार (हिजो) भएको घटना अमानवीय र अत्यन्तै निन्दनीय भएको भन्दै दोषीलाई कारबाहीको माग गर्नुभएको हो ।

होली खेल्ने क्रममा भएको झडपमा दुई जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेमा प्रकाश कुँवर र दीपक नेपाली छन् । कुँवर नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्यसमेत रहेको प्रवक्ता शर्माले जानकारी दिनुभएको छ ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया