‘चीनले काेराेनाविरुद्धकाे खाेप उपलब्ध गराउनुले दुई देशबीचकाे सम्बन्ध थप प्रगाढ बनेकाे छ’

 चैत १६, २०७७ सोमबार १६:७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले नेपाललाई कोभिड–१९ (काेराेना भाइरस) विरुद्धको खोप उपलब्ध गराउनुले दुई देशबीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको बताउनुभएको छ । 

सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चीन सरकारद्वारा नेपाल सरकारलाई अनुदान स्वरूप प्रदान गरिएको कोभिड–१९ विरुद्धको खोप हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चीनले सहयोग गर्नुले दुई देशबीचको गहिरो मैत्री सम्बन्ध थप प्रगाढ बनेको बताउनुभएको हो । 

चीन सरकारद्वारा प्राप्त सहयोगले कोभिड–१९ महामारीको विरुद्ध प्रभावकारी ढङ्गले अगाडि बढ्नका लागि महत्वपूर्ण हुने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोभिड–१९ महामारीका विरुद्धको हाम्रो लगानी त्यसलाई सफलतापूर्वक अगाडि लैजानका लागि, अझ प्रभावकारी ढङ्गले अगाडि बढाउनका लागि यो एउटा महत्त्वपूर्ण सहयोगको रूपमा रहने छ । नेपाल र चीनबीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको छ र एक कदम अगाडि बढाएको छ । यसले अझ थप बल पुर्‍याएकाे छ ।’

चीनले कोभिड–१९ विरुद्धको आठ लाख डोज खोप नेपाल सरकारलाई अनुदान स्वरूप उपलब्ध गराएको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री ओलीले अनुदानका साथै खोप खरिद गर्ने व्यवस्था मिलाउँदै गरिएको बताउनुभयो । उहाँले भारत र चीन दुवै देशबाट ल्याइएका खोप प्रभावकारी रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दुई वटै भ्याक्सिन प्रभावकारी छन् तर आ–आफ्नै डोज गर्नुपर्छ । कुनै प्रकारको हिचकिचाहट हुनुपर्ने, अन्योलमा पर्नुपर्ने आवश्यकता छैन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु ।’

कोभिड–१९ महामारीलाई पराजित गर्न चीनले लिएको नीति र कदमको प्रशंसा गर्दै नेपाल र चीनको नीति समान रहेको समेत प्रधानमन्त्री ओलीले बताउनुभयो । कार्यक्रममा चिनियाँ राजदूत यान्छीले कोभिड–१९ को विरुद्ध लड्न नेपालको साथमा चीन सधैँ रहेको बताउनुभयो । विगतमा पनि नेपाललाई चीन सरकारको सहयोग रहेको र कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि पनि सहयोग रहने उहाँले स्पष्ट पार्नुभयो ।  

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया