तनहुँकाे भिमाद नगरपालिकाले शिक्षा मन्त्रालयको विद्यालय बन्द गर्ने सम्बन्धी निर्णय नमान्ने

 चैत १६, २०७७ सोमबार १८:७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँ – सरकारले वायु प्रदूषणका कारण आउँदो चार दिन देशभरका विद्यालय बन्द गर्ने निर्णय गरे पनि तनहुँको भिमाद नगरपालिकाले विद्यालयमा बिदा नदिने भएको छ ।

भिमाद नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले विज्ञप्ति निकालेर नगर क्षेत्रभित्र अहिलेसम्म कुनै वातावरणीय समस्या नदेखिएकाले विद्यालयमा नियमित कक्षा सञ्चालन गर्ने जानकारी गराएको हो । 

भिमाद नगरपालिकामा अहिलेसम्म तुवाँलो वा वायु प्रदूषण नदेखिएको र मौसमविद्हरूले तत्काल समस्या देखिने सम्भावना कम रहेको जानकारी दिएकाले विद्यालय बन्द नगर्ने निर्णय गरेको भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कोरोना महामारीका कारण पढाइमा समस्या ल्याएको छ, यस्तो बेलामा अन्यत्र भएको मौसम खराबीले यहाँ बिदा दिनु उपयुक्त नदेखिएकाले हामीले बिदा नदिने निर्णय गरेका हौँ ।’

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया