बर्ड फ्लुको जोखिम कायमै : घरपालुवा पक्षीलाई जङ्गली पक्षीको सम्पर्कमा आउन नदिन विज्ञको आग्रह

 चैत १७, २०७७ मंगलबार ८:२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पशुसेवा विभागले पशुपक्षी फार्म अथवा अरु बिक्री वितरण स्थलमा अस्वाभाविक रुपमा पशुपक्षी बिरामी परेमा तत्काल नजिकको पशुसेवा निकायमा खबर गर्न आग्रह गरेको छ ।

देशका विभिन्न ठाउँमा बर्ड फ्लु सङ्क्रमणको जोखिम कायमै रहेकाले पशुपक्षी अस्वाभाविक रुपमा बिरामी परेमा वा मर्न थालेमा तत्काल खबर गर्न विभागले आग्रह गरेको हो । विभागका प्रवक्ता चन्द्र ढकालले घरपालुवा पक्षीलाई जंगली पक्षीको सम्पर्कमा आउन नदिन आग्रह गर्दै खुला रुपमा गरिने पक्षीपालनलाई निरुत्साहित गर्नुपर्नेमा जोड  दिनुभयो ।

उहाँले आफूहरुले नियमित अनुगमनको कामहरु गरिरहेको र अनुगमनकै क्रममा केही ठाउँमा बर्ड फ्लुको सङ्क्रमण देखा परेको बताउनुभयो । हिजो ललितपुर महानगरपालिका-१४ नख्खुमा पनि किसानले पालेका पक्षीमा बर्ड फ्लु देखिएको थियो ।  बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएसँगै ललितपुरको नख्खुमा किसानले पालेका हाँस, कुखुरा, बट्टाई, अण्डालगायत पक्षीजन्य वस्तु नष्ट गरिएको छ ।

नमुना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको विभागका प्रवक्ता ढकालको भनाइ रहेको छ । नख्खु क्षेत्रमा ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ वटा अण्डा, ३३५ केजी दाना नष्ट गरिएको छ ।

यसअघि सुर्खेत, जाजरकोट र काठमाण्डौको तारकेश्वरको तीन ठाउँमा बर्ड फ्लु देखिएको थियो । यस्तै बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अरु ठाउँमा फैलिन नदिन त्यहाँ रहेका पशुपक्षीलाई तत्काल नियन्त्रणमा लिनका लागि सङ्घ, प्रदेश र पालिकाबाट दक्षजनशक्ति परिचालन गरिएको र त्यस क्षेत्रलाई पूर्ण निःसङ्क्रमण गरिने गरिएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया