अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
खाेटाङ - खोटाङको ऐँसेलुखर्क गाउँपालिका-२ बाकाचोल वडा कार्यालयमा लागेको ताला १३ दिनपछि खोलिएको छ ।
वडाध्यक्ष सन्तवीर तामाङले एकल ढङ्गले बिस्काम खोलाको पानी अन्यत्र लैजान अनुमति दिएको भन्दै असन्तुष्ट स्थानीयबासिन्दाले गएको चैत ४ गते वडा कार्यालयमा ताला लगाएका थिए ।
गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला, उपाध्यक्ष पुष्पकला भुजेल, वडाध्यक्ष सन्तवीर तामाङ तथा निवेदककातर्फबाट वडा सदस्य जयकुमार तामाङ, स्थानीय नन्दकुमार तामाङ, दिपक राई लगायतबीच भएको छलफलले बिस्काम खोला मुहान भएको खानेपानी आयोजना रद्द गर्ने सहमति भएकाे हाे ।
साथै बादेल–बिस्काम सडक उपभोक्ता समिति पुनर्गठन गरेर काम अघि बढाउने सहमति गरेपछि आज बिहान ताला खोलिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।