कम्युनिकेशन कर्नरका कार्यकारी अध्यक्ष गाेपाल गुरागाईंलाई मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार

 चैत १७, २०७७ मंगलबार १५:१४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कम्युनिकेशन कर्नर तथा उज्यालो मल्टिमिडिया प्रालीका कार्यकारी अध्यक्ष तथा सञ्चालक गोपाल गुरागाईंलाई मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । रिपोर्टर्स क्लब नेपालको २३ औँ वार्षिकोत्सवको अवसरमा काठमाण्डाैकाे राष्ट्रिय सभा गृहमा भएको कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले गुरागाईंलाई कदरपत्रसहित पुरस्कार प्रदान गर्नुभयो ।

नेपाली राजनीतिका कुशल वक्ता नेकपा (एमाले) का पूर्व महासचिव मदनकुमार भण्डारीको स्मृतिमा स्थापित यो पुरस्कारको राशि एक लाख रुपैयाँको छ । गुरागाईं विगत चार दशक अघिदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । 

त्यस्तै यस वर्षको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार रेडियो नेपालका समाचार महाशाखा प्रमुख डाक्टर नवराज लम्साल र नेपाल टेलिभिजनका प्रमुख समाचार सम्पादक सालिक सुवेदीलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।

यसैगरी यस वर्षको कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई, कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार ताजा खबर साप्ताहिकका सम्पादक ईश्वरी वाग्लेलाई, सहिद जगदजंगप्रकाश शाह स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका राजनीतिक ब्युराे–चिफ बालकृष्ण अधिकारीलाई, उमा सिंह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी वरिष्ठ उपसम्पादक बिनु सुवेदीलाई प्रदान गरिएकाे छ ।

साथै बाबुछिरी फोटो पत्रकारिता पुरस्कार रिपोर्ट्र्स नेपाल डटकमकका फोटो पत्रकार मुकुन्द कालिकोटेलाई, वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार एबीसी टेलिभिजनका उपसम्पादक अनन्त अनुरागलाई, उत्कृष्ट युवा पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका उपसम्पादक जीवन भण्डारी, डीसी नेपाल डटकमका सह–सम्पादक मदन कोइराला, प्राइम टाइम्स टेलिभिजनका उपसम्पादक दीपक अर्याललाई प्रदान गरिएको छ ।  

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया