थारु कल्याणकारी सभासँगको पहिलो वार्ता ‘सकारात्मक’

 चैत १७, २०७७ मंगलबार १६:३४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकार र थारु कल्याणकारी सभाबीच पहिलो वार्ता सम्पन्न भएको छ । सिंहदरबारमा भएको वार्ता सौहार्दपूर्ण र सकारात्मक रहेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार तथा वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिनुभएको छ । 

भट्टराईले भन्नुभएको छ, ‘नेपाल सरकार र थारु कल्याणकारी सभाको वार्ता टोलीबीच मङ्गलवार (आज) पहिलो चरणको वार्ता सिंहदरबारमा सम्पन्न भयो । वार्ता सौहार्दपूर्ण रह्यो र सकारात्मक दिशाउन्मुख रहेको छ । अर्को चरणको वार्तामा छिट्टै बस्ने सहमति पनि भएको छ ।’

जेलमा रहेका रेशम चौधरीको रिहाइसहित १९ बुँदे माग राखेको थारु कल्याणकारी सभासँग वार्ता गर्न सरकारले साेमवार (हिजो) गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय सरकारी वार्ता टोली गठन गरेको थियो । 

सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहनुभएको छ । यस्तै थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी र प्रभात चौधरी सदस्य हुनुहुन्छ । 

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया