अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डौ – नेपालको वायुमण्डलमा आज केही सुधार देखिएको छ । यसले गर्दा काठमाण्डौ उपत्यकासहित केही ठाउँमा ‘भिजिबिलिटी’ बढ्ने मौसमविद्ले बताएका छन् ।
भिजिबिलिटी बढेसँगै हवाई उडान–अवतरणमा सहज हुनेछ । तर, वायुमण्डलमा आज केही सुधार देखिए पनि भोलि फेरि पुरानै अवस्थामा फर्किने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।
‘आज केही सुधार देखिएको छ तर, भारतको दिल्लीबाट धुलो मिसिएको हावा नेपाल प्रवेश गरेको छ’, मौसमविद् श्रेष्ठले भन्नुभयो ‘यसको असर पश्चिमी र पूर्वी क्षेत्रमा देखिन थालिसकेको छ । भोलि फेरि देशभर तुवाँलो बढ्ने सम्भावना रहेको छ ।’
मौसमविद् श्रेष्ठले अहिले पूर्वमा इलाम र रौतहटसम्म नै तुवाँलो बढेको बताउनु भएको छ । बिस्तारै यो तुवाँलो देशका अरु ठाउँमा पनि सर्दै जाने र यसको असर भोलि देखिने उहाँको भनाइ छ । उहाँका अनुसार भोलि फेरि वायुमण्डल स्थिर रहने अनुमान छ । जमिन भिज्ने गरी पानी परे वा हावा चले प्रदूषण हट्ने भए पनि आज, भोलि र पर्सि हावा चल्ने र पानी पर्ने सम्भावना छैन ।
तल्लो वायुमण्डल र जमिनको सतह नजिक फेरि धुलोसहित प्रदूषण थुप्रिने सम्भावना तीन दिनसम्म रहेको उहाँले बताउनुभयो । तीन दिनपछि भने केही सुधार हुन सक्ने अनुमान गरिए पनि ढुक्क हुने अवस्था भने नरहने उहाँको भनाइ छ ।
‘तुवाँलो हट्दैन भन्ने त होइन, तर यो हट्न समय भने लाग्छ’, उहाँले भन्नुभयो, ‘केही दिन पछि पश्चिमी वायुको प्रभाव नेपालमा पर्ने सम्भावना देखिन्छ । पश्चिमी वायुको प्रभाव परेपछि मौसममा सुधार आउँछ ।’
यसैबीच, आज प्रदेश १, वाग्मती र गण्डकी तथा लुम्बिनी प्रदेशका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना छ । दिउँसो पछि यी क्षेत्रमा मेघ गर्जनसहित चट्याङ पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।