कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले पूर्वतयारीका काममा तीव्रता दियाे

‘कोरोना अस्पताल तयारी अवस्थामा’

 चैत १८, २०७७ बुधबार १८:११:३० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले पूर्वतयारीका थप कामहरू थालेको छ । गएको एक हप्तामा मात्रै ३८ प्रतिशतले सङ्क्रमित बढेपछि परीक्षण, उपचार तथा सावधानीका लागि थप तयारी थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।

बुधवार बसेको स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोना परीक्षण गर्ने निजी र सरकारी गरी ८४ वटै प्रयोगशालालाई तयारी अवस्थामा राख्ने, आइसोलेशन निर्माणका लागि बजेट उपलब्ध गराउने र सङ्घ तथा प्रदेश मातहतका अस्पतालसँगै आधारभूत अस्पतालहरूमा पनि कोरोना सङ्क्रमितको उपचार गर्ने निर्णय भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

यस्तै पीसीआर क्षमता बढाउने र काठमाण्डौ उपत्यका प्रवेश गर्नेहरूकाे आवश्यकताअनुसार परीक्षण र क्वरेण्टीनमा राख्ने काम सुरु गर्ने पनि बैठकले निर्णय गरेको छ ।

मन्त्रालयले ठूलो सङ्ख्यामा मानिसको भेला पूर्णरूपमा रोक्न जुलुस, भिडभाड, सभा सम्मेलन गर्न नदिन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ । 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया