‘पढेर राम्राे जागिर खाेज्ने अनि कतै जागिर नपाएपछि शिक्षण पेसामा आउने प्रवृत्ति ठिक हाेइन’

 चैत १८, २०७७ बुधबार १९:५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षक पेसाप्रति मानिसहरूको अरुचिका कारण नेपालको शिक्षामा सुधार हुन नसकेको बताउनुभएको छ ।

बुधवार काठमाण्डाैमा आयोजित सिकाइ आदान–प्रदान तथा आउँदा कार्यदशासम्बन्धी राष्ट्रिय परामर्शशालालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले शिक्षक पेसाप्रतिको अरुचिका कारण सरकारी विद्यालयहरूको पढाइ कमजोर भएको बताउनुभयो ।

उहाँले कुनै पनि व्यक्तिले आफ्नो पढाइ सकिएपछि अन्त कतै रोजगारी नपाए मात्रै शिक्षक पेसा रोज्ने प्रवृत्तिका कारण गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको बताउनुभयो । मन्त्री श्रेष्ठले शिक्षक पेसामा आउनेहरू पनि अन्यत्र जागिर पाउनेबित्तिकै जाने प्रवृत्तिले बालबालिकाको भविष्यमाथि चिन्ता लिने शिक्षक पाउनै नसकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीहरू राम्रो पढेर पास भएपछि राम्रो जागिर खोज्ने, कहीँ कतै जागिर नपाइसकेपछि (क्षमा गरिदिनुहोला) अनि शिक्षण पेसामा आउने । शिक्षण पेसामा आएर पनि एउटा खुट्टा स्कुलमा र अर्को खुट्टाले जागिरको खोजिमा, जुन दिन जागिर प्राप्त हुन्छ फुत्तै छोडेर हिँडिदिने, त्यो स्कुलको बच्चाको भविष्यकाे बारेमा चिन्ता नलिइदिने, त्यो स्कुलको बच्चाहरू देशका भविष्यका कर्णाधार जसको भविष्यसँग देशकाे भविष्य गासिँएको छ, त्यसबारेमा हामी कति गम्भीर बन्छौँ र चिन्तित बन्छाैँ ।’

विकसित देशका नागरिकको आकर्षण सरकारी विद्यालयमा हुने तर नेपालमा सरकारी विद्यालयमा आर्थिक रूपमा विपन्न, निम्न आयस्रोत भएका, असहाय, अनाथ, आर्थिक रूपमा विपन्न, दलित वर्गले मात्रै पढ्न आउने गरेको बताउनुभयो । सरकार बेरोजगार उत्पादन गर्ने शिक्षा नहोस् भन्नेतर्फ सचेत रहेको पनि मन्त्री श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • Gajaraj Suwal

    March 31, 2021, 9:48 p.m.

    मन्त्री ज्यु पनि भ्रममा परेका रहेछन्, 'पढाई' सरकारी स्कुलमा मात्र होइन निजी स्कुलमा पनि सही छैन| तडक भडक देखिदैमा पढाई राम्रो भएको मान्न सकिदैन| निजी स्कुलले पैसो खर्च गर्न सक्षम छन् त्यसैले परिणाम राम्रो बनाएको देखिन्छ(?)| आज सम्म शैक्षिक क्षेत्रको नतिजा विद्यार्थीको मेहनत रअविभाबकको पैसो ले हो| स्कुल (निजी र सरकारी)ले शिक्षाको लागी केही गरेको छैन भन्दा फरक नपर्ला|

  •  0 Reply
  • mojann singh mahata

    March 31, 2021, 8:08 p.m.

    अनि शिक्षा मा राजनीति र १७ किसिमका शिक्षक किन राखेको? विभिन्न किसिमका शिक्षकहरुको ब्यवस्थापन कहिले हुन्छ?

  •  0 Reply
  • शम्भु यादव नेपाली

    March 31, 2021, 7:26 p.m.

    शिक्षक पेसा लाई आकर्शन को केन्द्र बनाउनु पर्यो ! सेवा शुबिदा बडाउनु पर्यो ! बि ब्य स लाई खारिज गरि वडा अध्यक्ष सहित समिती लाई दिनु पर्यो ,शिक्षक को सरुवा प्रदेश स्तरको गर्नु पर्यो !

  •  0 Reply

तपाईको प्रतिक्रिया