कहाँ-कहाँ पर्‍याे पानी ?

काठमाण्डौमा आज पनि पानी पर्ने

 चैत १९, २०७७ बिहीबार ८:५५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित देशका केही पहाडी क्षेत्रमा वर्षा भएपछि राहत मिलेको छ । तर, देशका अन्य ठाउँमा पानी नपरेकाले प्रदूषणको अवस्था उस्तै छ । 

हिजो बेलुकादेखिे​ वाग्मती, गण्डकी र  प्रदेश-१ का पहाडी ठाउँहरुमा पानी परेको छ । मौसमविद् मन्जु बासीका अनुसार गोरखामा २१ दशमलव ६ मिलीमिटर पानी परेको छ ।

ओखलढुङ्गामा १२ मिलीमिटर, काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ९ दशमलव ८ मिलीमिटर पानी परेको छ भने प्रदेश एकको इलाममा ३ मिलीमिटर, ताप्लेजुङमा ३ दशमलव ८ मिलीमिटर धनकुटामा १ दशमलव १ र पोखरामा एक मिलीमिटर पानी परेको छ ।

पानी परेको क्षेत्रमा केही राहत मिले पनि पर्याप्त नभएको मौसमविद्ले बताएका छन् । लामो समयदेखि वर्षा नभएका कारण सुख्खापन बढेकाले अहिले परेको पानीले जमिन राम्ररी नभिज्ने मौसमविद्ले बताएका छन् । पानीले वातावरण प्रदूषणको मात्रा घटाउन केही सहयोग पुगे पनि राम्रोसँग जमिन भिज्न नसकेको मौसमविद् बासीले बताउनुभयो ।

अहिलेको पानीले किसानलाई केही राहत भएको छ तर जमिन राम्रोसँग नभिजेकाले बालीनालीलाई फाइदा पुग्न अझै पानी पर्नु पर्ने विज्ञले बताएका छन् । हिजोको पानीले काठमाण्डौमा तुवाँलो केही हटेको छ । आज पनि काठमाण्डाै उपत्यकालगायत वाग्मती, गण्डकी र प्रदेश नम्बर-१ का केही ठाउँमा पानी पर्ने मौसमविद्को अनुमान छ । 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया