एकैदिन सुनको भाउ ९ सय रुपैयाँले बढ्यो

 चैत १९, २०७७ बिहीबार ११:५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज एकैदिन ९ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ८५ हजार ६ सय  रुपैयाँ रहेको सुनको भाउ आज बढेर ८६ हजार ५ सय रुपैयाँमा पुगेको छ।

अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउमा उतारचढाव आइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार अस्थिर हुँदै गएकाले नेपाली बजारमा पनि केही दिन भाउमा उतारचढाव आउने उहाँले बताउनुभयो  ।

विश्वमा कोरोनाको जोखिम फेरि बढेकाले लगानी क्षेत्र निश्चित भएको छैन । लगानी सुरक्षित गर्न धेरैले सुनमा लगानी गर्न थालेकाले सुनको माग बढ्दा भाउ बढेको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा आज सुनकाे भाउ प्रतिऔंस १७ सय १२ दशमलव ९ डलर रहेको छ ।  

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज १२ सय १० रुपैयाँ पुगेको छ । हिजो ११ सय ९५ रुपैयाँ थियो । 
 
 

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया