अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – नेपालमा चौथो पुस्ताको सञ्चार सेवा अर्थात् फोर जी प्रयोगकर्ताको सङ्ख्या ७० लाख नाघेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो रिपोर्टअनुसार माघसम्म ७० लाख ९२ हजार वटा फोर जी सिम कार्ड जारी भएका छन् ।
फोर जीमा सबैभन्दा ठूलो हिस्सा एनसेलको रहेको छ । एनसेलले ४३ लाख २५ हजार फोर जी सिम जारी गरेको छ भने नेपाल टेलिकमका २५ लाख ४४ हजार सिम कार्ड जारी भएका छन् । यस्तै स्मार्ट सेलका दुई लाख २१ हजार सिम जारी भएका छन् ।
यस्तै अहिलेसम्म नेपालमा तीन करोड ८७ हजार मोवाइल सिम कार्ड जारी भएका छन् । जसमध्ये तीन करोड ७० लाख वटा जीएसएम सिम रहेका छन् भने १६ लाख ९१ हजार सीडीएमए सिम रहेका छन् ।
यस्तै ल्याण्ड–लाइनसहितका सम्पूर्ण टेलिफोन ग्राहकको सङ्ख्या तीन करोड ९५ लाख ८२ हजार रहेको छ । नेपालको जनसङ्ख्यालाई आधार मान्दा एक सय २८ प्रतिशत जनसङ्ख्यामा टेलिफोन सेवाको पहुँच पुगेको छ । तर एकैजनाको नाममा धेरै सिम कार्ड जारी भएकाले कुल जनसङ्ख्याको ठ्याक्कै कति जनसङ्ख्या टेलिफोनको पहुँचमा पुगेको छ भन्ने थाहा नभएको प्राधिकरणले जनाएको छ ।
यस्तै दुई करोड ५२ लाख जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुगेको प्राधिकरणको रिपोर्टले जनाएको छ । यसमध्ये इन्टरनेट सेवा प्रदायक कम्पनीका ५४ लाख ग्राहक रहेका छन् भने एक करोड ९९ लाख मोबाइल इन्टरनेट सेवा लिनेहरू रहेका छन् । यसमध्ये नेपाल दूरसञ्चार कम्पनीका एक करोड २९ लाख र एनसेलका ६८ लाख १७ हजार ग्राहक रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।