'फास्ट ट्र्याक' काे सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजका ठेक्का प्रक्रिया रद्द गर्न लेखा समितिको निर्देशन

 चैत १९, २०७७ बिहीबार १६:२८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले काठमाण्डौ–तराई मधेश द्रुत मार्ग (फास्ट ट्र्याक) काे सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ ।

ठेक्का प्रक्रियामा त्रुटि देखिएको भन्दै लेखा समितिले नेपाली सेनालाई दोस्रो प्याकेजअन्तर्गतका ठेक्का रद्द गर्न निर्देशन दिएको हो । सेनाले आह्वान गरेको दोस्रो प्याकेजको ठेक्कामा २१ वटा कम्पनी प्रतिस्पर्धामा थिए ।

ठेक्कामा भएको मापदण्डअनुसारको कागजात र अनुभवका आधारमा सेनाले चिनियाँ कम्पनी पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेशन लिमिटेडलाई पूर्व–योग्य ठहर गरेको थियो । तर लेखा समितिको बिहीवारकाे बैठकले नेपाली सेनाले सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धा, पारदर्शी र मितव्ययी हुने गरी ठेक्का प्रक्रिया अघि नबढाएकाले पुनः प्रक्रिया सुरु गर्न पनि निर्देशन दिएको समितिका सचिव डाक्टर रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

यस्तै समितिको बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पनि यथाशक्य छिटो निर्देशिकाहरू तयार गर्ने र मापदण्ड कार्यविधि तयार गरेर अन्तर्राष्ट्रियस्तरको इन्जिनियरिङ प्रोकुरमेन्ट एण्ड कन्सट्रक्शनसँग सम्बन्धित प्रतिवेदनहरू जारी गरेर अवरोध हटाउनसमेत निर्देशन दिएको छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया