अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको गुणस्तरलाई माथि उकास्नुपर्ने बताउनुभएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छनाेटमा परेका विद्यालयहरूको विवरण प्रस्तुत गर्ने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको गुणस्तरमा ध्यान पुर्याउनुपर्ने बताउनुभएको हो ।
विद्यार्थीको ध्यानाकर्षण हुने, विद्यार्थीले बुझ्ने खालको शिक्षण विधि र शिक्षकको सम्प्रेषण कला हुनुपर्ने उहाँले बताउनुभयो । भौतिक संरचनाको विकासले मात्रै शैक्षिक गुणस्तर कायम नहुने भन्दै प्रधानमन्त्री ओलीले शिक्षकको गुणस्तर र शिक्षण विधिमा ध्यान दिनुपर्नेमा जोड दिनुभयाे ।
उहाँले भन्नुभयो, ‘राम्रो शिक्षा शिक्षकले प्रदान गर्न सकिरहेको छ कि छैन । शिक्षण विधिमा, सम्प्रेषण कला कस्तो छ शिक्षकमा ? विद्यार्थीको ध्यानाकर्षण गर्ने खालको, विद्यार्थीले बुझ्ने खालको, विद्यार्थी आकर्षित हुने खालको, विद्यार्थीको रुचि जाग्ने खालको सम्प्रेषण कला, शिक्षण विधि, शिक्षण पद्धतिमा ध्यान दिइरहेका छौँ । मलाई लाग्छ अझ धेरै ध्यान दिनु आवश्यक छ । त्यसका लागि हामीले पहिलो कुरा त शिक्षककै गुणस्तर माथि नउठाइकन विद्यार्थीको गुणस्तर माथि उठाउन सक्दैनौँ । शिक्षककै गुणस्तर माथि उठाउनुपर्छ । मुख्य कुरा शैक्षिक वातावरण विद्यालयहरूमा अनिवार्य रूपमा उपयुक्त खालको शैक्षिक वातावरण हुनुपर्दछ । उपयुक्त खालको शिक्षक क्वालिटी हुनुपर्दछ । शिक्षकको क्वालिटी समय समयमा टेस्ट गरिनुपर्छ । शिक्षक आफ्नो विद्यार्थीको लागि उत्तरदायी हुनुपर्छ ।’
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत देशभरका चार हजार दुई सय ५० विद्यालयलाई कक्षा कोठा, शौचालय, शैक्षिक सामग्री, सूचना प्रविधि, ल्याब तथा पुस्तकालय, नवीन प्रविधि, विशेष विद्यालय र भौतिक पूर्वाधार तथा शैक्षिक विकास शीर्षकमा बजेट विनियोजन गरिएको ओलीले बताउनुभयो । विद्यालयको छनाेट प्रक्रिया उपयुक्त विधिका साथ भएको र आउँदा वर्षमा पनि विद्यालयहरूमा यस प्रकारका नीति, कार्यक्रम बजेटमार्फत पार्दै जाने उहाँले बताउनुभयाे ।
प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘चार हजार दुई सय ५० विद्यालयमा थप सुधारका लागि, स्तरोन्नतिका लागि कार्यक्रम सञ्चालन गर्दैछौँ । पाँच अर्ब ६ करोड छुट्याएका छौँ । त्यसको छनाेट प्रक्रिया उपयुक्त विधिका साथ गर्ने प्रयास भएको छ । बिलकुल नयाँ अभ्यास हामीले सुरु गरेका छौँ र यसरी एकैचोटि यति धेरै विद्यालयहरूमा पहिले कहिल्यै पनि यस प्रकारको अभ्यास गरिएको थिएन । यो नयाँ अभ्यास गरिएको छ । यस अभ्यासलाई हामी जारी राख्छौँ । यो हाम्रो नियमित वार्षिक नीति, कार्यक्रम र बजेटभित्रको कुरा हो र यसलाई यसै ढङ्गले कार्यान्वयन गर्दै लगिनेछ ।’
प्रधानमन्त्री ओलीले सरकारले विद्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधारलगायतका शैक्षिक सामग्री र उपकरणहरू विद्यालयहरूमा पुर्याउन लागेको बताउनुभयो । स्वास्थ्यसम्बन्धी प्रबन्धसहितको विद्यालय हुनुपर्नेमा पनि प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Subhash Bhusal
April 1, 2021, 8:02 p.m.उच्च शिक्षामा पनि ध्यान दिनु पर्यो सरकार। सामुदायिक क्याम्पसहरुको स्तर उठाउन सहयोग गर्नु पर्यो।