अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै - आज पाँचौं अन्तर्राष्ट्रिय फ्याक्ट चेकिङ अर्थात तथ्य जाँच दिवस मनाइँदैछ ।
विभिन्न समाचार, सूचना तथा सामाजिक सञ्जालबाट प्रकाशन/प्रसारण हुने कुराको तथ्य जाँच गर्ने संस्थाहरुले यो दिवस मनाउँदै छन् ।
सन् २०१६ मा अर्जेन्टिनामा भएको विश्वभरका तथ्य जाँचकीहरुको भेलाले इन्टरनेशनल फ्याक्ट चेकर्स नेटवर्कको स्थापना गरेर हरेक वर्षको अप्रिल २ तारिखलाई अन्तर्राष्ट्रिय 'फ्याक्ट चेकिङ डे'को रुपमा मनाउने निर्णय गरेको थियो । अहिले विश्वभर एक सयभन्दा धेरै फ्याक्ट चेकर्स अर्थात तथ्य जाँच गर्ने संस्थाहरु रहेका छन् ।
आम नागरिकमा सञ्चारमाध्यम र सामाजिक सञ्जालको पहुँच बढेसँगै मिथ्या सूचना सम्प्रेषण पनि बढेको र यसले समाजमा विभिन्न समस्या पैदा गरेको भन्दै सही सूचना दिने काममा तथ्य जाँचकी संस्थाहरुले सक्रियतापूर्वक काम गरिरहेका छन् । नेपालमा पनि पानस साउथ एसिया अन्तर्गतको साउथ एसिया चेकले विभिन्न मिथ्या सूचनाको जाँच गरेर सही सूचना दिने काम गर्दै आएको छ ।
साउथ एसिया चेकका सम्पादक दीपक अधिकारीले विशेष गरी राजनीतिक दलका नेताहरुले बोलेका कुरा र सामाजिक सञ्जालमा भाइरल भएका कुरालाई जाँच गरेर तथ्यपूर्ण सूचना सम्प्रेषण गरिरहेको बताउनुभयो ।
नेपाल सूचना प्रविधिको विकासकै क्रममा रहेको र यससम्बन्धी धेरैलाई कम मात्रै ज्ञान रहेकाले मिथ्या सूचना फैलने र त्यसैलाई विश्वास गर्ने समस्या धेरै देखिएको अधिकारीको भनाइ छ ।
मिथ्या सूचनाको जोखिम घटाउन सबैजना जिम्मेवार बन्नुपर्ने र सूचनाको आधिकारिकतामा ध्यान दिनुपर्ने सम्पादक अधिकारीको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।