गोसाइँकुण्ड पदमार्गमा सञ्चालित होटलको ‘पालो प्रणाली’ हटाइयो

 चैत २०, २०७७ शुक्रबार ९:१५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - गोसाइँकुण्ड पदमार्गमा सञ्चालनमा रहेका होटलको पालो प्रणाली हटाइएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको कोर तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलले यसअघि लागू गरेका प्रणाली हटाइएको हो ।

धुन्चे गोसाइँकुण्ड पदमार्गमा पालो प्रणालीमा होटल सञ्चालन गर्दा यात्रुलाई समस्या आएपछि पालो प्रणाली हटाइएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्ज र होटल व्यवसायीबीच भएको छलफलले पालो प्रणाली हटाउने सहमति भएको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताउनुभयो ।

विगत १२ वर्षदेखि चोलाङपाटीदेखि माथि सञ्चालनमा रहेका होटल व्यवसायीले अफसिजनमा पालो प्रणाली लागू गर्दै आएका थिए । केही वर्ष पहिलेसम्म सिजनमा मात्र पर्यटक आउने भएकाले अफसिजनमा व्यवसायीले पालो प्रणालीमा होटल सञ्चालन गरिरहेका थिए ।

तर पछिल्लो समय अफसिजनमा नेपाली पर्यटकको आगमन बढ्दा समेत व्यवसायीले पालो प्रणाली नहटाएपछि समस्या सिर्जना भएको थियो । धुन्चे गोसाइँकुण्ड पदमार्गमा १३ वटा होटल, लज तथा चिया पसल सञ्चालनमा रहेका छन् । जसमा 'क' वर्गको २, 'ख' वर्गको ८ र 'ग' वर्गको तीन वटा छन् ।

लाङटाङ राष्ट्रिय निकुञ्जको जग्गामा निर्माण भएका होटल लज तथा चिया पसलले आउँदाे दिनमा पालो प्रणालीलाई निरन्तरता दिएको खण्डमा कारबाही गरिने प्रमुख संरक्षण अधिकृत रानाले बताउनुभयो । उहाँको अनुसार व्यवसायीले निकुञ्जलाई जानकारी नदिइ आफूखुसी होटल बन्द गर्न मिल्दैन । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया