गृह मन्त्रालय आउँदो वैशाख १ गतेदेखि पुरानो प्रधानमन्त्री कार्यालयमा सर्ने

 चैत २०, २०७७ शुक्रबार १५:८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृह मन्त्रालय आउँदो वैशाख १ गतेदेखि पुरानो प्रधानमन्त्री कार्यालयमा सर्ने भएको छ । गृह मन्त्रालय सर्न लागेको भवनको शुक्रवार गृह मन्त्री रामबहादुर थापाले निरीक्षण गर्नुभएको छ ।

२०७२ सालको भूकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा सरेको थियो ।

सिंहदरबारको पूर्वी भवनको पुनर्निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री कार्यालय सरिसकेको छ । प्रधानमन्त्री कार्यालय सरेपछि खाली रहेको भवनमा गृह मन्त्रालय सर्न लागेको हो । गृह मन्त्रालय रहेको भवन पुनर्निर्माण भइरहेको छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया