२४ घण्टामा १७९ जनामा काेराेना सङ्क्रमण

 चैत २०, २०७७ शुक्रबार १७:८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै पछिल्लो २४ घण्टामा नेपालमा एक सय ७९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

३५ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा एक सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७७ हजार ६ सय ४० जना पुगेको छ ।

यस्तै थप एक सय ११ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार नौ सय ६२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले नेपालमा १६ सय ४७ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा काेराेना सङ्क्रमणका कारण अहिलेसम्म तीन हजार ३१ जनाकाे ज्यान गएकाे छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया