अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्नुपर्ने बताउनुभएको छ ।
शुक्रवार संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणको कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालको मिडियालाई विश्वले सुन्ने बनाउनुपर्नेमा जोड दिनुभयो । सही सूचनालाई विश्वभर पुर्याउने काममा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने पनि उहाँले बताउनुभयो । कमी कमजोरीलाई सच्याएर अघि बढ्ने कुरामा ध्यान दिन पनि अध्यक्ष तिमिल्सिनाले सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सही सूचनाहरूलाई विश्वभर पुर्याउने काममा पनि यहाँहरूको भूमिका हुनुपर्छ । अझै त्यो बढ्दै जाओस् र कमी कमजोरीलाई सच्याएर अगाडि जाओस् भन्ने कुरालाई ध्यान दिएर लानुपर्ने हुन्छ । मिडियामा पनि उच्चतम नमुना दिन सक्ने देश भनेर बनाउने कुरातिर पनि यहाँहरूले सोच्नु भा छ कि ? नभए नि सोची दिनुहोला ।’
मिडियाबाट आएका समाचारबाट पनि सांसदहरूले आफूलाई सुधार गर्ने गरेको उहाँले बताउनुभयो । संसद्को गतिविधिलाई नागरिकसमक्ष पुर्याउन पत्रकार तथा मिडियाको महत्त्वपूर्ण भूमिका रहेको पनि उहाँकाे भनाइ थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।