काेराेना सङ्क्रमणबाट थप चार जनाकाे ज्यान गयाे

 चैत २३, २०७७ सोमबार १७:१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस सङ्क्रमणका कारण नेपालमा थप चार जनाको ज्यान गएको छ । सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएको र थप दुई जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ३६ पुगेको छ ।

यस्तै पछिल्लाे २४ घण्टामा थप दुई सय ६६ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । ४५ सय ३६ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ६६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । याेसँगै अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७८ हजार दुई सय १० पुगेको छ ।

यस्तै थप एक सय दुई जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७३ हजार तीन सय ४२ पुगेको छ । अहिले नेपालमा १८ सय ३२ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया