काठमाण्डौ उपत्यकामा एकै दिन झन्डै तीन हजार जनामा कोरोना पुष्टि

 बैशाख १७, २०७८ शुक्रबार १७:०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै झन्डै तीन हजार जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डाै उपत्यकामा थप दुई हजार नाै सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

केही दिनयता कोरोना भाइरस सङ्क्रमणको 'हटस्पट' बन्दै गएको काठमाण्डाै उपत्यकामा एकै दिन अहिलेसम्मकै धेरै सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाण्डाैमा दुई हजार चार सय चार जना, ललितपुरमा चार सय १९ जना र भक्तपुरमा एक सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लाे २४ घण्टामा देशभर पाँच हजार पाँच सय २७ सङ्क्रमित थपिँदा थप ३३ जनाले ज्यान गुमाएका छन् । 

एकैदिनमा नयाँ सङ्क्रमण पुष्टि हुनेकाे यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया