वीर अस्पताल र ट्रमा सेन्टरलाई कोराेना विशेष अस्पताल बनाइने

 वैशाख २५, २०७८ शनिबार १७:२८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोना सङ्क्रमितको उपचार गर्न वीर अस्पताल र ट्रमा सेन्टरलाई काेराेना विशेष (कोभिड डेडिकेटेड) अस्पताल बनाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको छलफलमा वीर अस्पतालको नयाँ बनेको सर्जिकल भवनसहित अस्पतालको शय्या र ट्रमा सेन्टरलाई पनि कोभिड डेडिकेटेड अस्पतालका रुपमा चलाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ट्रमाको २ सय शय्या, वीर अस्पतालको शय्यामध्ये २ सय शय्या र नयाँ सर्जिकल भवनमा पहिलो चरणमा २ सय शैय्या बनाउने निर्णय भएको छ । वीरको नयाँ भवनमा आवश्यकता अनुसार शय्या थप गर्ने निर्णय पनि भएको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया