नौबिसे–मुग्लिन सडक आइतवारदेखि शनिवारसम्म आंशिक बन्द हुने
पुस ५, २०८१ शुक्रबार
काठमाण्डौ – वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका लागि सम्बन्धित पालिकाबाटै निवेदन आउन थालेको छ ।
आर्थिक सहायताका लागि आफ्नो पालिकाबाटै निवेदन दिन मिल्ने व्यवस्था भएसँगै गएको एक वर्षमा तीन सयभन्दा बढी व्यक्तिको बैंक खातामा नै आर्थिक सहायता पठाइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
त्यसअघि आर्थिक सहायता लिन वैदेशिक रोजगार बोर्डको सचिवालयमा आफैँ आउन पर्ने अवस्था थियो । तर पछिल्लो समय बोर्डले प्रदान गर्ने सेवाहरू अनलाइन प्रणालीमा गएपछि पालिकाबाटै आवश्यक कागजातसहित निवेदनहरू आउन थालेका छन् । गएको एक वर्षमा भौतिक रूपमा सेवाग्राही बोलाएर आर्थिक सहायता चेकमार्फत दिइएको छैन ।
हिजोआज त कतिपय व्यक्तिहरूले सबै कागजात मिलाएर आफैँले इमेलमार्फत पनि बोर्डमा निवेदन पठाउन थालेको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बताउनुभयो ।
‘पालिकाबाट र व्यक्ती आफैँले पठाउनुभएका निवेदन र कागजात हामी चेक गर्छौँ र त्यसलाई भेरिफाइ गरेर पाउने आर्थिक सहायता सम्बन्धित व्यक्तिको बैंक खातामा नै पठाउँछौँ,’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो,‘गएको एक वर्षमा हामीले तीन सय भन्दा धेरैले सेवाग्राहीको खातामा नै रकम पठाएका छौं, उहाँहरूले कुनै झन्झटबिना घरमै बसिबसी आर्थिक सहायता पाइरहनुभएको छ ।’
अहिले कोरोना सङ्क्रमण नियन्त्रणका लागि देशका धेरैजसो जिल्लामा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको कारण अहिले बोर्डले भौतिक रूपमा उपस्थित भएर प्रदान गर्ने सेवा बन्द गरेको छ । तर अनलाइनमार्फत आर्थिक सहायता प्रदान गरिरहेको छ ।
बोर्डबाट पाइने आर्थिक सहायता र अनलाइनमार्फत निवेदन दिने प्रक्रियाबारे थप जानकारीका लागि वैदेशिक रोजगार बोर्डमा रहेको श्रम कल सेन्टरमा ११४१ नम्बरमा फोन गरेर थप जानकारी लिन सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Babin sunar
May 21, 2021, 10:08 p.m.नमस्कार ,तपाइँको ११४१ मा मैले फोन गर्दा नम्वर मिलेन मात्र भन्छ , फोन नै लाग्दैन , किन होला ?? तपाईहरुसंग कुरा गर्नुपर्ने छ , कसरी सम्पर्क गर्न सकिन्छ होला ??