उज्यालो समाचार प्रभाव : फाप्लु विमानस्थलको पर्खालकाे मर्मत

 असार ७, २०७८ सोमबार ६:५९:५४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको सदरमुकाम सल्लेरी नजिकै रहेको फाप्लु विमानस्थलको पर्खालकाे मर्मत गरिएको छ । विमानस्थलको माथिल्लो घेराबारसहितको क्षेत्रमा पहिरो जाँदा विमानस्थल नै जोखिममा परेको समाचार उज्यालोबाट प्रसारण तथा प्रकाशन भएपछि समस्या समाधान भएको नागरिक उड्यन प्राधिकरण फाप्लुले जनाएको छ ।

माथिल्लो भागको घेराबार भत्किएसँगै विमानस्थलको टर्मिनल भवनमा समेत क्षति पुगेको थियो  । यस विषयको समाचार उज्यालो अनलाइन तथा रेडियो नेटवर्कबाट गएकाे जेठ ३ गते प्रकाशन तथा प्रसारण भएको थियो । करिब एक वर्षअघि भत्किएर निर्माण कम्पनीले अलपत्र छोडेको पर्खाल समाचार प्रकाशन भएको केही दिन भित्रैमा काम सुरु भएको नेपाल नागरिक उड्यन प्राधिकरण फाप्लुका प्रमुख रमेश महतले बताउनुभयो ।

माथिबाट खसेको पहिरो टर्मिनल भवनमा पर्दा भवनको झ्याल तथा सिसा फुटेको थियो । नागरिक उड्डयन प्राधिकरणको ८ करोड ७८ लाख रुपैयाँको लागतमा काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी काठमाण्डौले पार्किङस्थलसहित घेराबार निर्माण गरेको हो । २०७६ सालको जेठमा निर्माण सम्पन्न भएको पार्किङस्थल समेत असारमै भत्किएपछि फेरि मर्मत गरिएको थियोे ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया