मन्त्रिपरिषद् विस्तारका लागि प्रचण्डद्वारा भेटवार्ता तीव्र

 साउन ५, २०७८ मंगलबार १४:२१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – मन्त्रिपरिषद् विस्तारका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता तीव्र पार्नुभएको छ । आज मङ्गलवार विहान जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लिएर एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नुभएको छ ।

विश्वासको मत पाइसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्न नहुने प्रचण्डको भनाइ छ । अहिले अर्थ, गृह, ऊर्जा र कानुन मन्त्री मात्रै नियुक्त भएका छन् । कांग्रेस, माओवादी, जसपा र सकभर एमालेको माधव नेपाल पक्षबाट पनि मन्त्री बन्नेहरूको नामको सूची बनाएर प्रभावकारी काम गर्नेहरूलाई मन्त्री बनाउनुपर्ने कुरा प्रचण्डले प्रधानमन्त्री देउवासँग राख्नुभएको छ ।

प्रधानमन्त्री देउवालाई प्रचण्डले केपी ओली नेतृत्वको सरकारले असंवैधानिक किसिमले गरेका नियुक्ति खारेज गर्न पनि सुझाव दिनुभएको छ । प्रधानमन्त्री देउवा पनि छिटै मन्त्रिपरिषद् विस्तारमा सहमत भएको प्रचण्डको सचिवालयले जनाएको छ ।  

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया