‘बजेटमा देशभर १२ ठाउँमा स्मार्ट सहर बनाउने भनिएकाे छ तर एक कराेड मात्र छुट्याइएकाे छ’

 साउन २४, २०७८ आइतबार १८:५०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले बजेट वक्तव्यमा समावेश गरिएका सबै कार्यक्रममा बजेट विनियोजन नभएको बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतवारकाे बैठकमा बोल्दै उहाँले बजेट वक्तव्यमा समावेश गरिएका सबै कार्यक्रमका लागि बजेटको व्यवस्था नभएको प्रष्टयाउनुभएको हो ।  

बजेटमा देशभर १२ ठाउँमा स्मार्ट सहर बनाउने भनिएको छ तर बजेट १० लाख रुपैयाँका दरले मात्र विनियोजन गरिएको उहाँको भनाइ छ । ‘१२ अर्ब बजट विनियोजन हुुनपर्नेमा जम्मा एक करोड रुपैयाँ मात्रै विनियोजन भएको छ’, सचिव सिंहले दुःखेसो पोख्नुभयो ।

यस्तै हनुमानढोकादेखि स्वयम्भूनाथसम्मको सांस्कृतिक पदमार्ग निर्माण गर्ने भनेर बजेट वक्तव्यमा भनिएको छ तर रकम विनियोजन भएको वार्षिक कार्यक्रममा त्यस्तो कुनै कार्यक्रम नै समावेश नभएको सचिव सिंहले जानकारी दिनुभयो । उहाँले उपत्यकाको यस्ता धेरै आयोजनाको घोषणा गरिए पनि स्रोत सुनिश्चित नहुँदा अगाडि बढाउन नसकिएको स्पष्ट पार्नुभयो । 

सरकारले ल्याएको बजेट वक्तव्य हेर्दा कार्यक्रम थपिएको, बजेट बढेको जस्तो देखिए पनि कार्यक्रममा रकम नै विनियोजन नभएको सहरी विकास मन्त्रालयको स्पष्टीकरण छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया