सभामुख सापकाेटाविरुद्धकाे मुद्दा ‘हेर्न नमिल्ने’ मा

 भदौ १६, २०७८ बुधबार १४:१३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा आज बुधवार पनि हेर्न नभ्याइने सूचीमा परेको छ । सापकोटाविरुद्धको मुद्दा आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अध्यक्ष रहेको संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।

संवैधानिक इजलासमै रहेका न्यायाधीश हरिकृष्ण कार्कीले कानुन व्यवसायी हुँदा रिट निवेदकको पक्षबाट बहस गरेको हुनाले सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ गर्न नमिल्ने भन्दै सर्वोच्चले यसलाई हेर्न नमिल्नेको सूचीमा राखेको हो  ।

यसअघि पटक–पटक सुनुवाइको पेसी तोकिएको यो मुद्दाको सुनुवाइ भने हुन सकेको छैन । सभामुख सापकोटामाथि सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लागेको छ ।

२०६२ वैशाखमा अपहरणमा परेका लामालाई हत्या गरेको भन्दै उहाँकी श्रीमती पूर्णिमायाले २०६४ सालमा जाहेरी दिनुभएको थियो । प्रहरीले जाहेरी नलिएपछि पूर्णिमायाले सर्वोच्चमा उजुरी गर्नुभयो ।

२०६४ मा जाहेरी दर्ता भए पनि बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहेरी तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च गएपछि सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ ।  

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया