मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्चमा रिट दायर

 कात्तिक १२, २०७८ शुक्रबार १७:२३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

न्यायाधीशहरू इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित सुनुवाइ प्रभावित हुँदा न्यायको हक उल्लङ्घन भएको भन्दै पेसी सूचीमा रहेका मुद्दा हेर्न परमादेश जारीको माग गर्दै अधिवक्ताले संयुक्त रूपमा सर्वोच्च अदालतमा आज शुक्रवार रिट दायर गरेका हुन् । अधिवक्ता कृष्ण प्रसाईँसहितका अधिवक्ताले आज सर्वोच्चमा रिट दायर गरी मुद्दा सुनुवाइका लागि परमादेश माग गर्नुभएको छ ।

सर्वोच्चका न्यायाधीशहरूले आज पनि इजलास बहिष्कार गरेका छन् । इजलास बहिष्कारकै विषयमा विवाद हुँदा आज दिउँसो दुई जना अधिवक्ताबीच झगडासमेत भएको छ । इजलास बहिष्कारकाे विषयमा विवाद हुँदा वकिलद्वय भूमिनन्द चुडाल र विराट न्याैपानेबीच कुटाकुट भएकाे हाे ।  

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया