एसिया कप छनाैटकाे उपाधि हङकङलार्इ, खेल्ने भाे  भारत र पाकिस्तानसँग

 भदौ २१, २०७५ बिहिबार २०:२१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

छनोट प्रतियोगिताको फाइनलमा बिहीबार यूएईलाई पराजित गर्दै हङकङले एसिया कपमा स्थान बनाएको छ।

यूएईमा आउँदाे सेप्टेम्बर १५ देखि २८ सम्म हुने प्रतियोगितामा हङकङले भारत र पाकिस्तान रहेको समूह ए बाट खेल्नेछ ।

एसिया कपमा एशियाका पाँच टेष्ट राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वतः छनोट भएका थिए भने हङकङले छनोट चरण पार गरेको हो ।

बिहीबार भएको फाइनलमा युएई आफ्नै मुलुकमा हुने एशिया कपमा स्थान बनाउन असफल रह्यो । उसले हङकङसँग डकवर्थ लुइस नियमका आधारमा २ विकेटको पराजय ब्यहोरेको हो ।

प्रतियोगितामा दुई जीत र तीन हार ब्यहोरेको नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो । नेपाली टोली शुक्रबार स्वदेश फर्कँदैछ ।

किनरारा ओभलमा भएको फाइनलमा २४ ओभरमा घटाइएको खेलमा हङकङले यूएईले दिएको १७९ रनको लक्ष्य ३ बल अगावै ८ विकेट गुमाएर पुरा गरेको हो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले २४ ओभरमा ९ विकेट गुमाएर १७६ रन बनाएको थियो ।
 

अन्तिम अपडेट: असार ४, २०७७

तपाईको प्रतिक्रिया