नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक पल्टिँदा दुई जनाको ज्यान गयो
मंसिर १०, २०८१ सोमबार
ताप्लेजुङ – ‘खोल्सीको कालो सुन’ भनेर चिनिने अलैंचीको नयाँ उत्पादन बजारमा आउन थालेको छ ।
मूल्य धेरै आउला कि भनेर पर्खिदै बसेका किसानले अझै सम्म गएको वर्षको अलैंची बिक्री गरेका छैनन् ।
मुल्यको गिरावटले किसानहरु निरास बनेका बताउँछन् । कतिपय किसानले त जिल्ला सदरमुकाम फुङलिङबजारका व्यापारीलाई गएका वर्षहरुको अलैंची दिएर नयाँ भाउ पर्खेर बसेका छन् ।
फुङलिङ नगरपालिका ६ का अलैंची कृषक खेमनाथ पोख्रेल आफूले व्यापारीलाई अलैंची दिएर भाउ आउँछ कि भनेर पर्खेर बसेको बताउनु हुन्छ ।
अर्का किसान मिरिङ देन गाउँ पालिकाका जसमान केदेमले प्रतिमन (४० केजी) को १ लाख १० हजारमा बेचेको अलैची अहिले २५ हजारमा झरेको बताउदै अहिले सम्म गत बर्षको अलैंची नबेची राखेको बताउनुभयो । ‘भाउ कुर्दा कुर्दै दिन बित्ने भयाे’ केदेमले थप्नुभयो ।
जिल्लाका हरेक गाउँहरु अलैंचीमा निर्भर रहेका छन् । सबै अन्न उत्पादन हुने जग्गामा अलैंची रोपेर आफूले नानी पढाउने देखि सबै खर्च अलैंचीको माध्यमबाट नै गर्नु पर्ने भएकाले समस्या भएको फुरुम्बुका नरेश लिम्बुले बताउनुभयो ।
उहाँले अलैंचीको मूल्य तथा बजारको व्यवस्थापन सरकारले गरिदिनु पर्ने मागसमेत गर्नुभयो । ताप्लेजुङ लगायत पहाडी जिल्लाका किसानमा अलैंचीको मूल्य गिरावटसँगै निराशा छाएको छ ।
नेपालमा धेरै प्रयोग नभई विदेश निर्यात हुने अलैंचीलाई प्रमुख नगदे बालीको रुपमा लिइने गरेको छ । नेपाल अलंैची व्यवसायी संघ ताप्लेजुङ शाखाका अध्यक्ष बालमणि बरालले सोमबार (आज)को बजार भाउ प्रतिमन २५ हजार रुपैंया रहेको बताउनुभयो ।
केही दिन अघिमात्र ३४ हजारमा बिक्री गरिएको अलैंची अहिले आएर २५ हजार मात्र भएको समेत जानकरी दिनुभयो ।
एक लाख १० हजारसम्ममा बिक्रि भएको अलैंची अघिल्लो सिजनदेखि घटेको छ । ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले भारतीय बजारले मूल्य निर्धारण गर्ने भएका कारण पनि समस्या भएको बताउनुभयो ।
केही दिन अगाडि मूल्य बढ्छ कि भन्ने लागेपनि लहिले पुनः घटेको अधयक्ष बरालले बताउनुभयो । कमाई हुने आशामा बसेका कृषकहरु अलैंचीको मूल्य घटेपछि निराश बनेका छन् ।
उता, कृषि विकास मन्त्रालयको तथ्याङ्क हेर्दा नेपालमा १२ हजार पाँचसय आठ हेक्टर जमिनमा अलैंचीको उत्पादन भएको छ । ६ हजार पाँच सय २१ मेट्रिक टन अलैंची उत्पादन हुने तथ्यांक रहेको छ । ताप्लेजुङ लगायत संखुवासभा, पाँचथर, इलाममा अलैंचीको उत्पादन धेरै हुने गरेको छ ।
हिमाली जिल्ला ताप्लेजुङमा ४ हजार ५ सय हेक्टर, संखुवासभामा दुई हजार, पासचरमा १ हजार सात सय ३७ हेक्टर साथै इलाममा एक हजार दुई सय हेक्टर जमिनमा अलैंची उत्पादन हुने गरेको छ ।
प्रदेश नम्बर १ मा खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम लगयतका जिल्लामा अलैंचीको उत्पादन हुने गरेको छ । देशभरका ७७ जिल्लामध्ये ५२ जिल्लामा अलैंचीको उत्पादन हुने गरेको अलैंची विकास अयोजना फिक्कलले बताएको छ ।
नेपालमा नै पहिलो पटक ताप्लेजुङबाट सुरु भएको अलैंची खेती अहिले पश्चिमतिर फैलंदै गएको छ । अलैंचीमा रोग लागेर किसानहरु व्याकुल बने पनि उत्पादन भने रोएिको छैन । तर, उचित सरसल्लाहका अभावमा अलंैची कृषकहरु अन्योलमा परेका छन् । जिल्लामा रहेको कृषि समन्यय समितिले पनि खासै चासो नदिएको गुनासो कृषहरुको छ ।
तर, सरकारले मूल्यको निर्धारण नगरिदिंदा किसानहरुलाई समस्या परेको छ । किसानले उत्पादन गर्ने तर मूल्य निर्धारण भने विदेशले गर्ने हुँदा समस्या भएको बताइन्छ ।
विभिन्न कार्यक्रममा मूल्य निर्धारण गर्नु पर्ने अवाज आए पनि अहिलेसम्म कुनै निष्कर्ष नआएको गुनासो किसानहरुको छ ।
उर्वरा खेत तथा बारीहरु मासेर किसानले अलैंची खेती गरेका छन् । साथै पहाडी क्षेत्रका ओसिलो, खोल्सा खाल्सीहरुमा समेत अलैंची खेती हुने गरेकोले पनि अलैंचीलाई खोल्सिको सुन भनेर चिनिएको हो ।
अलैंची खेती समुद्र सतहदेखि २ हजार १ सय मिटरसम्मको उचाईमा गर्न जिल्ला कृषि समन्वय समितिले सुझाएको छ । हाल रामशाही, गोलसाही, डम्बर साही, चिबे, साउनेलगायत जातका अलैंची खेती हुने गरेको छ ।
नेकपा स्थायी कमिटिका सदस्य तथा सांसद योगेश कुमार भट्टराईले बारम्बार अलैंची कृषकहरुलाई अलैंचीको मूल्य तथा अन्य सुविधाको बारेमा आश्वासन दिएपनि अहिलेसम्म केही नभएको गुनासो किसानहरुले गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।