पृथ्वी जयन्तीकाे दिन सार्वजनिक बिदा दिन राप्रपाकाे माग

 पुष १८, २०७८ आइतबार १७:१०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते मङ्गलवार पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीसँग माग गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज आइतवार भेटेर पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रूपमा मनाउन र पुस २७ गते सार्वजनिक बिदा दिन माग गरेको हो ।

यस्तै नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्बिर राख्न पनि राप्रपाले माग गरेको छ । राष्ट्र एकीकरण गर्ने व्यक्तिलाई कुनै पनि वाद, विवाद र सिद्धान्तभन्दा माथि राखेर सम्मान गर्नुपर्ने राप्रपाले जनाएको छ ।

माग पूरा नभएमा देशव्यापी विरोध आयोजना गर्ने पनि राप्रपाले चेतावनी दिएको छ । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया