कलङ्कीमा मोटरसाइकल दुर्घटना : एक जनाको ज्यान गयो, एक जना घाइते

 पुष २२, २०७८ बिहीबार ८:८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

गएराति सवा २ बजे कलङ्कीको सब वे मा प्रदेश ३-०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलको पछाडि बस्ने धादिङ घर भइ काठमाण्डौको नैकाप बस्ने २७ वर्षकी सोफिया श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक गोरखाका ३१ वर्षका रामशरण ढकालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार चालक ढकालले जाँड रक्सी खाएर मोटरसाइकल चलाएका थिए ।
 

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया