दाङमा राेकिराखेकाे ट्र्याक्टरसँग अटाे ठाेक्किँदा एक जनाकाे ज्यान गयाे

 पुस ३०, २०७८ शुक्रबार १०:४६:५३ | हेमराज शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दाङ – दाङमा रोकिराखेको ट्र्याक्टरसँग अटो ठोक्किँदा दङ्गीशरण गाउँपालिका ४ का ५० वर्षीय दीपक बुढाथोकीको ज्यान गएको छ । दुर्घटनामा अटोका चालक गम्भीर घाइते भएका छन् ।

तुलसीपुरबाट हेकुली जाँदै गरेको रा १ ह २९६६ नम्बरको अटो त्यही दिशातर्फ रोकिराखेको रा १ त २८२२ नम्बरको ट्र्याक्टरसँग हेकुली चोकमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

दुर्घटनामा घाइते अटो चालक दङ्गीशरण ३ हेकुलीका २७ वर्षीय मनिष चौधरीको तुलसीपुरमा उपचार भइरहेको छ ।

ट्र्याक्टर चालक फरार रहेका प्रहरीले जानकारी दिएकाे छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया